दोस्रो टी–२० खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै दुई खेलको सिरिज १–१ को बराबरीमा टुंग्याएको छ। १२९ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेलले ५७ बलमा अविजित ८४ रनको विस्फोटक इनिङ खेले। दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।

यसअघि यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रन बनाए। नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने हेमन्त धामीले २ विकेट झारे।






