काठमाडौं, जीवनका लागि गीता ज्ञान अभियान, नेपाल ( Gita4Life Campaign, Nepal) को आयोजनामा गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिता सञ्चालन गर्ने घोषणा भएको छ ।

गीता दर्शन र व्यवहारिक ज्ञानमा आधारित उक्त प्रतियोगिता दुई चरणमा हुने आयोजकले जानकारी दिनुभएको छ । प्रतियोगिताको पहिलो छनौट चरणको विषय ‘शिक्षा क्षेत्रमा गीता ज्ञानको आवश्यकता’ रहेको छ । त्यसै गरी अन्तिम चरणको लागि भने ‘उत्कृष्ट जीवनको लागि गीताको मार्गदर्शन’ भन्ने विषयमा वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

नेपाली भाषामा हुने गीतामयी अन्तर्राष्ट्रिय अनलाइन वक्तृत्वकलामा आयोजकले आकर्षक पुरस्कारहरुको पनि व्यवस्था गरेको छ । प्रतियोगितामा प्रथम पुरुस्कार नेपाली रु.२० हजार, द्वितीय पुरस्कार नेपाली रु. १५ हजार, तृतीय पुरस्कार नेपाली रु. १० हजार र सान्त्वना पुरस्कार नेपाली रु. ५ हजारको प्रबन्ध गरिएको आयोजकले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतियोगितामा सहभागी हुनको लागि विश्वभरी बाटनै आनलाइन तथा व्हाट्सएप नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । सहभागी हुन २५ वर्ष उमेर नकटेको जुनसुकै व्यक्तिले पनि नाम दर्ता गर्न सक्नुहुनेछ । नाम दर्ताको लागि अन्तिम मिति २०८२ साल असार १५ गते ( June 29, 2025)  रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो छनौट चरणको कार्यक्रम २०८२ साल असार १९ गते ( July 03, 2025)  Zoom  मार्फत नेपाली समय अनुसार बेलुका ६ बजे शुरु गर्ने तालिका रहेको छ । पहिलो छनौट चरण बाट उत्कृष्ट १० जना सहभागीहरुबीच अन्तिम चरणको प्रतियोगिता २०८२ साल असार २७ ( July 11, 2025) गते Zoom  मार्फत नै सञ्चालन हुनेछ ।

प्रतियोगिता सफल बनाउन विद्वान व्यक्तित्व आचार्य सुरेन्द्र ओझा, अधिवक्ता सुदिप पौडेल, आचार्य देवेन्द्र घिमिरे, डा.गोविन्दशरण उपाध्याय, डा.हरिचन्द्र कमली र डा.दीर्घराज जोशीेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । त्यसैगरी सहयोगीहरूमा समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व गोकुल थापा, अधिवक्ता सानुभाइ खड्का, विद्वान व्यक्तित्व डा.माला खरेल, सञ्चारकर्मी जनक महरा र शिक्षक डम्बरबहादुर लुइटेल तथा अन्य अभियन्ताहरूको सहयोग रहेको छ ।

सम्पर्कको लागि व्हाट्सएप नम्बरहरु +९७७९८५१०७५०९६, +९१९३६९८६५४३६ र +९७७९८४८७२१९२१ मा जुनसुकै ठाउँबाट पनि म्यासेज पठाउन सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय