काठमाडौँ ।चर्चित गायिका इन्दिरा जोशीको स्वरमा सजिएको नयाँ आधुनिक गीत “यो शहरमा” सार्वजनिक भएको छ। उक्त गीत गीतकार सानुभाइ खड्का को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

यस गीतमा वरिष्ठ संगीतकार राजनराज शिवाकोटी ले संगीत दिएका छन् भने संगीत संयोजन बिजेश्वर राज तण्डुकारले गरेका छन्।

गीतको भिडियोमा अस्मिता जुरेली, जुनु कार्की र सौर्य तिरुवा को आकर्षक नृत्य प्रस्तुत गरिएको छ। भिडियो निर्देशन तथा कोरियोग्राफी केशव राज भट्टले गरेकाछन्।

लामो अन्तरालपछि इन्दिरा जोशीको स्वरमा आधुनिक नृत्य शैलीमा आएको यस गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय