राम्रो असल बानी मलाई,
सिकाउनेआमा;
ल्याइदिनु हुन्छ मलाई,
थरीथरी जामा!!
सिक्न खोज्ने सबै कुरा,
मेरो बानी राम्रो;
छुट्याउन सिकाउँछिन् आमा,
राम्रो र नराम्रो !!

बिहान चाँडै उठाउँछिन्,
चाँडै सुताउँछिन् ;
ज्ञानी र असल बन्न मलाई,
आमा सघाउँछिन् !!
राम्रो गर्दा माया गर्ने,
सम्झाउने गलत गर्दा;
सुमसुम्याउँदै माया गर्छिन्;
दुख पिर पर्दा !!
आमा मेरी भगवान,
सधैँ राम्रो गर्ने ;
सिक्लिन छोरी भनी मलाई,
सधैं अघि सार्ने;
अलिअलि गर्दै भन्छिन्,
चढ्नुपर्छ माथि;
असल मान्छे हुन्छ भन्छिन्,
सबैभन्दा जाति !!
भनेको मान्छु म त साथी,
जान्छु माथिमाथि;
त्यसैले त लाग्छ मलाई,
मेरै आमा जाति !
त्यसैले त लाग्छ मलाई, मेरै आमा जाती।।
नाम- कर्मशिखा जोशी, कैलाली
उमेर-११ बर्ष
कक्षा-६



