काठमाडौँ: प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार महिनाको पहिलो साता हुनुपर्ने ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम’ सभामुखले तय नगरेको र प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरूले बिहीबार बैठक अवरुद्ध गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दागर्दै प्रधानमन्त्रीले बैठक छाडेर हिँडेको र त्यसपछि लगातार संसद बहिष्कार गरेको आरोप लगाउँदै प्रतिपक्षी सांसदहरूले कडा विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

यसै गतिरोधका बीच सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर छोटो छलफल गरी फर्किएका छन् भने हाल सदन खुलाउने निकास खोज्न संसद भवनमै दलका प्रमुख सचेतक र सचेतकहरूसँग सघन संवाद जारी राखिएको रास्वपाका एक नेताले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय