काठमाडौँ: सरकारले आगामी जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै बकर ईदका दिन देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा बिदा रहने जानकारी दिनुभएको छ।
मुस्लिम आयोगको सिफारिस र नेपाल सरकारको पूर्व निर्णयअनुसार नै गृह मन्त्रालयले यो बिदाको औपचारिक सूचना सार्वजनिक गरेको हो।





