काठमाडौँ: प्रतिनिधि सभाको बैठकमा कृषकहरूले भोगिरहेको बाँदर आतंकको विषयलाई लिएर सांसदहरूबीच रोचक र तनावपूर्ण बहस भएको छ। स्वतन्त्र सांसद महावीर पुनले “संसारमा रकेट बनाउने प्रविधि भए पनि बाँदर धपाउने प्रविधि कतै नभएको र यसका लागि संसदमा कराएर मात्र नभई अनुसन्धान नै गर्नुपर्ने” धारणा राख्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्मा लगायतका माननीयहरू हाँसेपछि श्रम संस्कृति पार्टीकी सांसद खुस्बु ओलीले तत्कालै नियमापत्ति जनाएकी छन्।

सांसद ओलीले किसानहरू बाँदरकै कारण मर्न र घरबार छाड्न बाध्य भइरहेको संवेदनशील पीडामाथि सदनमा हाँसो ठट्टा गरिएको भन्दै कडा आक्रोश पोख्दापोख्दै सभामुखले उनको माइक काटिदिएका थिए भने अर्कोतर्फ रास्वपा सांसद आशिका तामाङले बाँदरको हत्या नगरी दीर्घकालीन व्यवस्थापनका लागि जंगलमा फलफूल रोप्ने, बाँदरले मन नपराउने खेती गर्ने र सबैभन्दा भरपर्दो उपायको रूपमा सोलारजडित तारबार गर्ने ३ बुँदे समाधानको सूत्र प्रस्तुत गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय