काठमाडौँ: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित सरकारी कार्यदलले विभिन्न राजनीतिक दलका नेता तथा व्यक्तित्वहरूसँग औपचारिक छलफल सुरु गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुझाव संकलनका लागि बैठक आयोजना गरेको हो।

संविधानलाई अझ बढी परिष्कृत र सर्वस्वीकार्य बनाउन कस्ता विषयहरू परिमार्जन गर्नुपर्छ भन्नेबारे कार्यदलले राजनीतिक क्षेत्रका प्रमुख व्यक्तिहरूसँग गहन संवाद गरिरहेको छ। आजको छलफलबाट प्राप्त महत्त्वपूर्ण सुझावहरूलाई समेटेर कार्यदलले संविधान संशोधन सम्बन्धी एकीकृत बहसपत्र तयार पार्ने स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय