कर्मशिखा जोशी

भन्नुहुन्छ बाबा मलाई, पढ मेरी सानी,
हुनुपर्छ भविष्यमा, असल अनिज्ञानी।

भन्नुहुन्छ मलम बन्न, दुःखी पीडितलाई,
दया सेवा भाव राख्नू, भन्नुहुन्छ मलाइ।

भन्नुहुन्छ बाबा मलाई, अघि बढ सानी,
देशको मुहार फेर्ने सक्ने , व्यक्ति बन्नु नानी।

राख्न सकूँ दयाभाव, गर्न सकूँ सेवा,
अवश्य नै मिल्छ भन्छन् ,सेवा गरे मेवा।

 हरेक ठाउँ देखाउने, मेरो बाबा मलाई
भने जस्तै पाउनुहुन्छ, भविष्यमा मलाई।

वाचा गरे बाबा मैले, असल बाटो हिँड्छु,
हजुरको आशीर्वादले, हरेक सिँढी चढ्छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय