काठमाडौँ: नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा असामान्य गिरावट देखिएको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला १० हजार ५०० रुपैयाँ घटेसँगै सुनको कारोबार मूल्य २ लाख ८६ हजार ७ सय रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार उल्लेख्य रूपमा घटेको हो।

एकैदिन यति ठूलो परिमाणमा मूल्य घटेपछि सुन बजारमा यसको चर्चा भइरहेको छ।

सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। शुक्रबार चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै ४ हजार ६४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ थियो।

गत साताको मूल्यसँग तुलना गर्दा पनि सुन र चाँदी दुवै सस्तिएका छन्।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँ र चाँदी ४ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय