जापानमा जारी २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले सानदार सुरुवात गर्दै बलियो टोली अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।

जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा अफगानिस्तानले दिएको १०३ रनको सामान्य लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए भने कप्तान रोहित पौडेलले ३३ रनको अविजित पाली खेले।

त्यस्तै, दीपेन्द्रसिंह ऐरीले १५ रन जोडे। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई १०२ रनमै रोक्न कुशल भुर्तेलले ४ विकेट र ललित राजवंशीले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा शनिबार जापानको सामना गर्नेछ। समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय