काठमाडौं: संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन शाहले विश्व शान्ति र कल्याणको कामना गरेका छन्।
सम्बोधनको अन्त्यमा उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’

नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानलाई विश्व शान्तिको सन्देशसँग जोड्दै बालेनले आफ्नो सम्बोधन टुंग्याएका हुन्।



