काठमाडौँ । लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि देशभरका २६ जिल्लाका मुख्य सडक तथा राजमार्गमा यातायात आवागमन बन्द गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा जोखिमयुक्त सडकखण्डमा आवागमन बन्द वा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको हो।

प्रदेशगत रूपमा सडक बन्द गरिएका जिल्लाहरू :

कोशी प्रदेश: ताप्लेजुङ, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सुनसरी र उदयपुर।

बागमती प्रदेश: दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, ललितपुर र चितवन।

गण्डकी प्रदेश: लमजुङ र म्याग्दी।

लुम्बिनी प्रदेश: रोल्पा, दाङ र रुकुम पूर्व।

कर्णाली प्रदेश: रुकुम पश्चिम।

सुदूरपश्चिम प्रदेश: बझाङ र बैतडी।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी साधन नचलाउन आग्रह गरेको छ।

आपत्कालीन अवस्था वा उद्धारका लागि विपद् हटलाइन १२३४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४ तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय