काठमाडौँ: गृहमन्त्री सुधन गुरुङ ले अबदेखि ‘पिर्के सलामी’ नलिने निर्णय गर्नुभएको छ।
उहाँले नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर यस्तो घोषणा गर्नुभएको हो।

कार्यालय भ्रमणका क्रममा गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरीका डीएसपी लक्ष्मण बराल ले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, प्रहरी उपरीक्षक युवराज खड्का तथा अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायतको उपस्थिति रहेको थियो।
गृहमन्त्री गुरुङको यो निर्णयलाई प्रशासनिक संस्कारमा सुधारको कदमका रूपमा हेरिएको छ।




