काठमाडौं: गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच आज गृह मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको दीर्घकालीन सम्बन्ध र द्विपक्षीय सहकार्यका विविध आयामबारे महत्वपूर्ण छलफल भएको छ।

भेटका क्रममा गृहमन्त्री गुरुङले जापानको सहयोगमा निर्माणाधीन नागढुंगा टनेल मार्गसहितका पूर्वाधार आयोजनाको प्रगतिबारे चासो व्यक्त गर्दै नेपालमा विपद् व्यवस्थापनसम्बन्धी अध्ययनका लागि विश्वविद्यालय स्थापना गर्न जापानसँग प्राविधिक सहयोग र ज्ञान हस्तान्तरणको प्रस्ताव राख्नुभयो।

सो अवसरमा जापानमा रहेका नेपाली नागरिकहरूप्रति जापानी सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै पर्यटन प्रवद्र्धन र लुम्बिनी क्षेत्रको दिगो विकासका लागि रणनीतिक साझेदारी गर्ने विषयमा समेत जोड दिइएको छ भने राजदूत तोरुले नेपालीहरूको योगदानको कदर गर्दै आप्रवासन र शैक्षिक क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउन जापान सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय