काठमाडौं: नवलपुरमा दूषित पानीका कारण गैँडासहित विभिन्न वन्यजन्तु मृत फेला पर्न थालेपछि गृहमन्त्री सुधन गुरुङ को सक्रियता बढेको छ।

स्थानीय बासिन्दाले समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएपछि गृहमन्त्री गुरुङ स्वयं घटनास्थल पुगेर स्थलगत अवलोकन गरेका हुन्।

नवलपुरका सांसद राजन गौतम नेतृत्वको टोलीले गृहमन्त्रीलाई औद्योगिक क्षेत्रबाट निस्किएको दूषित फोहोर पानी खोलामा मिसिँदा वन्यजन्तुहरू जोखिममा परेको जानकारी गराएको थियो।

उक्त टोलीले तत्काल नियन्त्रणका लागि कडा कदम चाल्न मागसमेत गरेको छ।

स्थानीयका अनुसार रासायनिक पदार्थ मिसिएको पानी पिउँदा गैँडासहित अन्य वन्यजन्तुहरू धमाधम मर्न थालेका छन्।

यस अवस्थालाई गम्भीर रूपमा लिँदै गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई अनुगमन कडा पार्न र प्रदूषण नियन्त्रणमा प्रभावकारी उपाय अपनाउन निर्देशन दिएका छन्।

घटनापछि नवलपुरको वातावरणीय अवस्था र वन्यजन्तु संरक्षणबारे सरकार थप सतर्क देखिएको छ भने स्थानीयले पनि दीर्घकालीन समाधानको अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय