भोजपुर । भोजपुरमा रहेको श्री सालेवा माध्यमिक विद्यालयको ६४ औँ वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ । नव–निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम वन सन्यासीको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा पाँचवटा वडाका वडाध्यक्षहरू साथै साहित्यकार शान्ति निहारिका तथा व्यापारी, बुद्धिजीवी, अभिभावकवर्ग र विद्यार्थीहरूको बाक्लो सहभागिता रहेको थियो । यता सोहि कार्यक्रमको अबसरमा साहित्यकार शान्ति निहारिका समेत सम्मानित हुनुभएको छ । उहाँको कृति “चट्याङको मूच्र्छना” ले पाएको सम्मानले थप हौसला मिलेको प्रतिक्रिया दिनुभएको छ ।उहाँले यस सम्मानलाई साहित्यिक यात्राको महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ । निहारिका विगत लामो समय देखि साहित्य क्षेत्रमा विभिन्न विधामा कलम चलाउदै आउनु भएको छ ।


उक्त समारोहमा उपस्थित हुदै उहाँले साहित्य क्षेत्रलाई अझ् फरक रुपमा व्यवस्थित गर्दै जानुपर्ने समेत बताउनु भएको छ । कार्यक्रमले शिक्षा, साहित्य र समाजसेवाको संगम प्रस्तुत गर्दै सबैलाई आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ भन्ने प्रेरणा मिलेको सहभागीहरूले बताएका छन् ।




