काठमाडौं: रेखा थापा र निरुता सिंहलाई एउटै पर्दामा देख्न पाइने चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। रेखा फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रले पारिवारिक सम्बन्धभित्रको द्वन्द्वलाई कथाको केन्द्रमा राखेको छ।
टिजर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको भूमिकाबारे चासो बढेको छ। चलचित्रमा रेखा र निरुतासँगै पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको अभिनय रहेको छ।

रेखा थापाका चलचित्रमा दर्शकले देख्दै आएको फरकपन यसपटक पारिवारिक कथामार्फत कस्तो रूपमा प्रस्तुत हुन्छ भन्ने चासो पनि उत्तिकै छ। निरुता सिंहको उपस्थितिले चलचित्रप्रति थप आकर्षण बढाएको छ।
रेखा फिल्मसको निर्माण रहेको ‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउनेछ।




