काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन औपचारिक रूपमा आह्वान गरेका छन्। बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन अपरिहार्य भएको बताएका हुन्।

उनीहरूका अनुसार ५४.५८ प्रतिशत अर्थात् २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भइसकेको छ। विधानले तोकेको समयसीमाभित्र केन्द्रले महाधिवेशन नबोलाएपछि प्रतिनिधिहरूको वैधानिक अधिकारअनुसार प्रक्रिया अघि बढाइएको दाबी उनीहरूको छ।

महामन्त्रीद्वयले पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुने स्पष्ट पार्दै सबै प्रतिनिधिलाई सहभागी हुन आह्वान गरेका छन्।
“बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका लागि विशेष महाधिवेशन आवश्यक छ,” भन्दै उनीहरूले पार्टीलाई एकढिक्का राख्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय