काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले फेसबुकमा अमेरिकी र्‍यापर जे–जेडको चर्चित गीत ‘लुसिफर’ सहित आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा चर्चा चुलिएको छ।

कालो पहिरन र कालो चस्मामा कपाल मिलाउँदै मुस्कुराएको अवस्थामा देखिएका बालेनको तस्बिरसँगै ‘लुसिफर’ गीत जोडिएपछि यसलाई धेरैले पुरानो विवादसँग जोडेर हेरेका छन्।

यसअघि एक टेलिभिजन अन्तर्वार्तामा राजनीतिक विश्लेषक सौरभले बालेनलाई ‘लुसिफर’ भनेर टिप्पणी गरेका थिए। अहिले त्यही नामको गीत राखेर तस्बिर सार्वजनिक गरेपछि समर्थकहरूले उनको आत्मविश्वास र फरक शैलीको प्रशंसा गरेका छन् भने कतिपयले प्रधानमन्त्रीको जिम्मेवारी र पदको गरिमासँग यस्तो शैलीलाई जोडेर प्रश्न उठाएका छन्।

कतिपयले यसलाई आलोचकप्रति बालेनको सांकेतिक जवाफका रूपमा समेत व्याख्या गरेका छन्। यद्यपि, उनले यो गीत किन रोजे र पोस्टमार्फत के सन्देश दिन खोजेका हुन् भन्नेबारे केही खुलाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय