गोरखा : गृहमन्त्री सुधन गुरुङले गोरखाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीसँगको अन्तरक्रियामा उनले जिल्लाको विकास र नागरिकका समस्या समाधान गर्न आवश्यक पहल गर्ने बताएका हुन्।

अन्तरक्रियामा सहभागीहरूले सडक, पुल, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसायका समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

गोरखामा सम्भावना धेरै भए पनि विकासले गति लिन नसकेको भन्दै सहभागीहरूले भाषण र आश्वासनभन्दा काम गरेर देखाउन आग्रह गरेका थिए।

जवाफमा गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए। गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लावासीका अपेक्षा पूरा गर्न गम्भीर भएर लाग्ने बताए।

यसैबीच, बुढीगण्डकीको बाढीले बगाएको पुलको पुनर्निर्माण तत्काल अघि बढाएको भन्दै सहभागीहरूले उनलाई धन्यवादसमेत दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय