काठमाडौं: पत्रकारहरूमाथि भएको पक्राउ तथा धरपकडको घटनापछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) कार्कीले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले विपद्को जोखिम न्यूनीकरणका लागि सञ्चारकर्मी र प्रहरीबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

कार्कीले वर्षा, सम्भावित हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद्को जोखिम कम गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना पुर्‍याउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।

उनले पत्रकारहरूको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका छन्। साथै, विपद्को असर न्यूनीकरण गर्न सबै पक्षसँग अभूतपूर्व सहकार्यको अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय