काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच आज बिहान टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट र बिचौलिया प्रथा श्रमिकमाथिको शोषणको माध्यम बनेको उल्लेख गर्दै यसको स्थायी समाधानका लागि संयुक्त पहल गर्नुपर्नेमा जोड दिनुभएको छ।

उहाँले दुवै देशका श्रममन्त्रीबीच प्रत्यक्ष वार्ता गरी यस्ता अव्यावहारिक र अन्यायपूर्ण प्रवृत्ति अन्त्य गर्न आग्रह गर्नुभएको छ।

जवाफमा मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोध गर्दै आफ्ना श्रममन्त्रीलाई नेपाली समकक्षीसँग तत्काल समन्वय गरी ठोस समाधान खोज्न निर्देशन दिने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय