न्युयोर्क: नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने
असोज ६ – परराष्ट्रमन्त्री शिशिर खनालले पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति दुवै पक्षले खुशी व्यक्त गर्नुभयो।
भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे समेत छलफल भएको थियो।
दुवै पक्षले नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई थप गतिशील बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा कुराकानी गर्नुभएको थियो।



