काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। बहसपछि अदालतले उक्त मुद्दा पूर्ण इजलासमा लैजान आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ।
पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बराल ले लामिछानेविरुद्ध केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता युवराज पौडेल, दिनेश त्रिपाठी र आभास रेग्मी ले छुट्टाछुटै रिट दायर गरेका थिए।
सर्वोच्चको पूर्ण इजलासले अब यस विषयमा अन्तिम फैसला दिने अपेक्षा गरिएको छ।



