काठमाडौँ — गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट बीच मन्त्रालयमै छलफल भएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन सुरु हुनुअघि नै विपद व्यवस्थापनका सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिँदै जोखिम न्यूनीकरणमा सक्रिय रूपमा लाग्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।

कार्यकारी प्रमुख भट्टले विपद तयारी सम्बन्धी बैठक नियमित प्रक्रिया भए पनि अघिल्ला गृहमन्त्रीहरूको तुलनामा अहिलेको नेतृत्व चाँडै सक्रिय भएको उल्लेख गर्नुभयो। “अहिले गृहमन्त्रीज्यू प्रारम्भमै सक्रिय हुनुभएको छ, यसले विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ,” उनले भने।
गृहमन्त्री गुरुङले आफू विगत एक दशकदेखि विपद जोखिम न्यूनीकरण क्षेत्रमा संलग्न रहेको अनुभव साझा गर्दै यसपटक गृहमन्त्रीको जिम्मेवारीमा रहँदा सम्भावित विपद आउनुअघि नै न्यूनीकरणमा विशेष जोड दिने बताउनुभयो।



