काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी विश्वकप खेल्न लागेको टोलीलाई शुभकामनासहित बिदाइ गरेको हो।

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा आयोजना हुने टी–२० विश्वकपअघि नेपाली टोलीले तयारीस्वरूप अभ्यास खेलहरू खेल्नेछ।

बिदाइ कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले खेलाडीहरूलाई सफल प्रदर्शनको शुभेच्छा व्यक्त गरे।

नेपाली टोली भोलि भारततर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय