२ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गते शुक्रबार ५० औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।
सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।

५० औं संस्करण यो यात्रा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेन्द्रराज रेग्मीले बताए । यस कार्यक्रममा साथ दिनुहुने र सहभागी हुने सम्पूर्ण उद्यमीहरुलाई उनले धन्यबादसमेत दिएका छन् ।




