भारत र श्रीलङ्कामा आयोजना हुने आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक छनोट क्याम्पका लागि २४ खेलाडी छनोट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको सूचीअनुसार क्याप्टेन रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी र नन्दन यादव क्याम्पमा समावेश छन्।
त्यस्तै, आदील अन्सारी, रुपेश कुमार सिंह, सन्दीप जोरा सहित एनपीएल–२ मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी, शेर मल्ल, अविनाश बोहरा, आरिफ सेख, ईशान पाण्डे, बसीर अहमद, प्रतिष जीसी, भीम सार्की र साहब आलम पनि क्याम्पमा छनोट भएका छन्।

यस क्याम्पमा खेलाडीहरूको प्रदर्शनका आधारमा अन्तिम १५ सदस्यीय नेपाली टोली चयन गरिनेछ भने केही खेलाडी ब्याकअपका रूपमा राखिने क्यानले जनाएको छ।




