काठमाडौं, आश्विन ११ — नेपालमा गएको केही दिनयता भइरहेको लगातारको मुसलधारे वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी, पहिरो तथा डुबानले ठूलो जनधनको क्षति पुर्याएको छ। वर्षाका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ भने प्रमुख नदीहरूमा पानीको सतह खतराको तह पार गरेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।पर्वतको जलजलामा कालीगण्डकीको ताण्डव स्दर्जनौं घर बगेगण्डकी, लुम्बिनी र पश्चिम नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा भएको अति भारी वर्षाका कारण प्रसिद्ध कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतमा ठूलो विध्वंस मच्चाइएको छ।
पर्वतको जलजला गाउँपालिका–८, फर्से क्षेत्रमा कालीगण्डकीको बाढी बस्तीमा पस्दा दर्जनौं घर पूर्ण रूपमा बगाएको छ। बाढीको बहाव बढ्दो क्रममा रहेकाले त्यहाँका थप सयभन्दा बढी घरहरू उच्च जोखिममा परेका छन्।
यसैगरी, बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ ९मिर्मी० र गुल्मीको कालीगण्डकी गाउँपालिका–१ ९हर्मिचौर० जोड्ने पक्की मोटरेबल पुल ९बेलिब्रिज० बगाएको छ, जसका कारण दुई जिल्लाबीचको सीधा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
म्याग्दीको कालीगण्डकी करिडोर तथा मुस्ताङ–म्याग्दी जोड्ने सडकखण्डहरूमा पनि बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ।
बागलुङ र म्याग्दीमा पहिरोले घर पुरियो, मानवीय क्षति

लगातारको वर्षाका कारण पश्चिमी क्षेत्रका पहाडी जिल्लाहरूमा पहिरो जाने क्रम बढेको छ।
बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् भने उनीहरूको खोजी कार्य जारी छ। त्यस्तै, बागलुङको तमानखोला क्षेत्रमा पनि पहिरोका कारण ठूलो क्षति भएको आशङ्का गरिएको छ।
सप्तरी र नवलपरासी पश्चिममा डुबान र विस्थापन
तराई तथा मधेशका जिल्लाहरूमा नदीको पानी बस्तीमा पस्दा सयौँ परिवार विस्थापित भएका छन्।
सप्तरीमा सप्तकोशी नदीको बाढी बस्तीमा पस्दा हनुमाननगर र तिलाठी कोइलाडी क्षेत्रका सयौँ घरहरू डुबानमा परेका छन्। प्रभावित बासिन्दालाई कोशीको पश्चिमी तटबन्धतर्फ सुरक्षित सारिएको छ।
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा नारायणी नदीको बाढी पस्दा १७२ भन्दा बढी परिवार विस्थापित भएका छन्। चारैतिर पानीले घेरेपछि उनीहरूले डुंगाको प्रयोग गरेर आवतजावत गरिरहेका छन्।
मुख्य राजमार्गहरू अवरुद्ध, यातायात ठप्प
अवरिरल वर्षाका कारण देशका अधिकांश प्रमुख राजमार्गहरूमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छस्
मुग्लिन–काठमाडौं सडकखण्ड अन्तर्गत पर्ने कृष्णभीर लगायतका स्थानमा ठूलो पहिरो गएको छ।
हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडकहरू पहिरोका कारण बन्द छन्।
बीपी राजमार्गको काभ्रे खण्ड तथा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा यातायात पूर्ण रूपमा ठप्प छ।
प्रशासनको उच्च सतर्कता र अपिल
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी भोलि रातीदेखि मात्रै मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको छ। गृह मन्त्रालय र स्थानीय प्रशासनले नदी तटीय क्षेत्र, बाढी र पहिरोको उच्च जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकहरूलाई अति आवश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बसोबास गर्न विशेष अनुरोध गरेका छन्।



