काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा सुनकोशी गाउँपालिकाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ।
यसै क्रममा सुनकोशी गाउँपालिकाका युवा नेता सन्तोष घिमिरे ले महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

उहाँले एक विज्ञप्ति मार्फत भन्नुभएको छ –
“महाधिवेशनमा मेरो उम्मेदवारी महाधिवेशन प्रतिनिधि (दलित कोटा) मा हुँदा सम्पूर्ण क्षेत्रीय प्रतिनिधि ज्यूहरु प्रति पूर्ण विश्वास रहेको हुँदा मैले यो उम्मेदवारी दिने घोषणा गर्दछु !”
सुनकोशीका ७ वटै वडाबाट भर्खरै पदेन सहित १६८ जना क्षेत्रीय प्रतिनिधि सर्वसहमतिमा निर्वाचित भएका छन्। ती १६८ जना क्षेत्रीय प्रतिनिधिहरुले नै क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्।
दलित समुदायको प्रतिनिधित्व गर्दै कांग्रेसभित्र लामो समयदेखि सक्रिय घिमिरे पार्टीमा निष्ठावान र सबैलाई मिलाएर लैजान सक्ने नेताको रुपमा चिनिनुहुन्छ। क्षेत्रीय प्रतिनिधि छेडुप लामा, ७ वटै वडाका नवनिर्वाचित वडा सभापति राजु कोइराला, बिजु मोक्तान, मदन आचार्य, रजिन मगर, अर्जुन थापा, दामोदर उप्रेती, चासुम थोकर लगायत सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर सहयोग गर्नेमा आफू पूर्ण विश्वस्त रहेको घिमिरेले बताउनुभएको छ।
उहाँको उम्मेदवारी घोषणासँगै सुनकोशीमा महाधिवेशन प्रतिनिधिको चुनावी माहोल थप तातेको छ।



