काठमाडौं, माइक्रोसफ्टले भोलि नेपालका तीन सहर काठमाडौं, पोखरा र दाङमा ‘एआई स्किल्स फेस्ट नेपाल २०२५’ आयोजना गर्ने भएको छ । यस कार्यक्रममा अनलाइन तथा प्रत्यक्ष दुवै माध्यमबाट सहभागी हुन सकिनेछ ।
विश्वव्यापी रूपमा आयोजना हुने यस कार्यक्रमका सबै सहभागीले ५० दिने अनलाइन एआई तालिम निःशुल्क पाउनेछन् । नेपालमा राष्ट्रिय आविष्कार केन्द्र (आईसीटी ल्याब पोखरा) सँगको सहकार्यमा ‘एआई फेस्ट नेपाल २०२५’ आयोजना हुँदैछ ।

कार्यक्रममा सहभागी हुन इच्छुकले यहाँ क्लिक गरी फाराम भर्न सक्नेछन् ।



