काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो। जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए।

बलिङतर्फ कर्णालीका उनिश ठाकुरीले ३ विकेट लिए। उनी प्लेयर अफ द म्याचसमेत घोषित भए। जनकपुरका कप्तान हरमीत सिंहले पनि ३ विकेट लिए।



