काठमाडौं: नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्।

झापा पुगेर नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै काँधमा रहेको बताएका हुन्। उनले पार्टीभित्रका असमझदारी र विवादलाई लम्ब्याउनुको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।

‘पार्टी मिलाउने जिम्मेवारी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको हो,’ उनले भने।

डा. शर्माले पार्टीभित्र विचार र दृष्टिकोणमा फरक हुन सक्ने भए पनि त्यसलाई विवादको विषय बनाउन नहुने बताए। व्यक्तिगत स्वार्थ, आग्रह–पूर्वाग्रह र अहंकारभन्दा पार्टी तथा संगठनको हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयलाई लिएर देखिएको मतभेदपछि पार्टी एकताको विषय थप पेचिलो बनेको छ। यस्तो अवस्थामा असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्नु नेतृत्वको प्रमुख दायित्व रहेको शर्माले बताएका छन्।

उनको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको आन्तरिक विवाद अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नयाँ नेतृत्वमाथि दबाब बढाएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय