काठमाडौं: दक्षिण अफ्रिकाका विस्फोटक ब्याटर तथा विश्व क्रिकेटका चर्चित स्टार डेभिड मिलर नेपाल आइपुगेका छन्। उनी बुधबार बिहान काठमाडौं आइपुगेका हुन्।
आक्रामक ब्याटिङ र ठूला सट प्रहार गर्ने क्षमताका कारण विश्व क्रिकेटमा छुट्टै पहिचान बनाएका मिलरको आगमनले एनपीएलको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट तथा विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो छाप छाडिसकेका मिलरलाई यसपटक एनपीएलमा कर्णाली याक्सको जर्सीमा देख्न पाइनेछ।





