भारतले नेपाललाई थप ११ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। भारतको विदेश मन्त्रालयका अनुसार औषधि, फरेन्सिक सामग्री, टेन्ट, सरसफाइका सामग्री र सुत्ने झोलासहितका राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण गरिएको हो। भारतले नेपाललाई पुनःस्थापना तथा पुनरुत्थानका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

विपद् प्रभावित नेपाली नागरिकहरूको राहत र पुनरुत्थानका लागि भारत सरकारले थप ११ टन अत्यावश्यक सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरूमा औषधि, फरेन्सिक किट, सुरक्षित टेन्ट र सरसफाइका सामग्रीहरू रहेका छन्। यस संकटको समयमा राहत र पुनरुत्थानको हरेक चरणमा नेपाललाई पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता भारतले जनाएको छ, जसले प्रभावित क्षेत्रका नागरिकलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय