नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ को खेल तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार प्रतियोगिता आगामी कात्तिक १० गतेदेखि सुरु हुनेछ। तालिका अनुसार उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। कात्तिक ११ गते विराटनगर किंग्स र चितवन राइनोज तथा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ।

कात्तिक १५ गतेसम्म लिग चरणका खेल सञ्चालन हुनेछन्। त्यसपछि कात्तिक १७ गते पहिलो क्वालिफायर, १८ गते एलिमिनेटर र १९ गते दोस्रो क्वालिफायर हुनेछ। एनपीएल सिजन–३ को ग्रान्ड फाइनल भने कात्तिक २१ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। तालिकाअनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय