पोखरा: पोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ।

विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायका रिक्त डिन पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।

डिन छनोटमा उम्मेदवारको योग्यता र अनुभवसँगै संकायको विकासका लागि प्रस्तुत गर्ने रणनीतिक योजना र कार्यान्वयन क्षमतालाई समेत आधार बनाइने विश्वविद्यालयले जनाएको छ। उम्मेदवारले SWOT विश्लेषण, रणनीतिक प्राथमिकता, कार्यक्रम, बजेट, कार्यान्वयन योजना र समयसीमासहितको कार्ययोजना पेश गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय