काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि राय तथा सुझाव दिने आज अन्तिम दिन रहेको जनाएको छ।

मन्त्रालयले विधायन ऐन, २०८१ को प्रावधान बमोजिम गत साउन ६ गते मन्त्रीस्तरीय निर्णयमार्फत संशोधन मस्यौदा सार्वजनिक गर्दै सात दिनभित्र सुझाव पेस गर्न आह्वान गरेको थियो। इच्छुक व्यक्ति, विशेषज्ञ तथा सरोकारवाला निकायले मन्त्रालयको कानून शाखाको इमेल law.section@mohp.gov.np मार्फत आफ्नो राय–सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार प्राप्त सुझावहरूको अध्ययन र आवश्यक परिमार्जन पश्चात् विधेयकलाई थप कानुनी प्रक्रियाका लागि अगाडि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय