काठमाडौं : नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले छानबिनलाई प्रतिशोध, आनन्द वा पूर्वाग्रहसँग जोड्न नहुने बताएका छन्। उनले छानबिनको उद्देश्य न्याय, सत्य र जवाफदेहिता स्थापित गर्नु हुनुपर्नेमा जोड दिएका छन्।

भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूहरू विधिको शासन र निष्पक्षताको पक्षमा रहेको बताएका हुन्। उनले बिचौलियासमेत राज्यकै नियमन र नियन्त्रणभित्र रहने उल्लेख गर्दै सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। ‘दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ; विषयान्तर होइन,’ भन्दै उनले छानबिनका नाममा मूल विषयबाट ध्यान अन्यत्र मोड्न नहुने स्पष्ट पारेका छन्।

भण्डारीको अभिव्यक्तिले छानबिन निष्पक्ष, पारदर्शी र परिणाममुखी हुनुपर्ने तथा दोषी देखिए कानुनअनुसार कारबाही हुनुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय