काठमाडौं: प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले नेपाललाई कृषि प्रधान देश भनिए तापनि यसलाई सम्मानित पेसा बनाउन नसकिएकोमा चिन्ता व्यक्त गरेका छन्।
कृषि समितिमा बोल्दै उनले खेतीयोग्य जमिनमा सिँचाइको अभाव र जलवायु परिवर्तनको जोखिम बढ्दै गएकाले सरकारले अब कृषिलाई व्यावसायीकरण र निर्यातमुखी बनाउनु पर्नेमा जोड दिए।

रासायनिक मलको आयातमा अर्बौँ खर्चिनुको साटो बजेटमै किसानलाई प्राङ्गारिक र प्राकृतिक मलको प्रयोगमा प्रोत्साहन गर्ने नीति ल्याउनु पर्ने उनको सुझाव छ।
सिँचाइको दायरा बढाउँदै चैते धानमा आत्मनिर्भर भएर नेपालले खाद्यान्न निर्यात गर्ने गरी नयाँ रणनीति बनाउनु पर्ने यथार्थ उनले स्पष्ट पारेका छन्।



