काठमाडौं: वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।
अघिल्लो सरकारले गरेका नियुक्तिहरू खारेज गर्ने गरी वर्तमान सरकारले नयाँ अध्यादेश ल्याएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर राजीनामा बुझाएका हुन्।

२०८१ फागुनमा नियुक्त भएका डा. शर्माले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का अन्य पदाधिकारीहरू समेत हटेपछि डा. शर्माको राजीनामासँगै अहिले वीर अस्पताल पदाधिकारीविहीन बनेको छ।




