काठमाडौँ: प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

मुटु र श्वासप्रश्वासमा समस्या देखिएपछि मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको हो ।

उनका छोरा आनन्दले निधनको पुष्टि गरेका छन् । ‘

भारतीय संगीतकी शिखर व्यक्तित्व भोस्लेले हजारौँ चर्चित गीत गाएकी छन् ।

नेपाली संगीतमा पनि उनले ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’ र ‘मोहनी लाग्ला है’ जस्ता थुप्रै कालजयी गीतहरू दिएकी छन् ।

उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ । उनको निधनले संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय