सोलुखुम्बु । उज्यालो नेपाल पार्टी सोलुखुम्बुका उमेदवार पेम्बा छिरी शेर्पाले आफ्नो परिवार बाहेक कसैसँगपनि निर्वाचनको लागि आर्थिक सहयोग संकलन नगर्ने घोषणा गरेका छन् ।

शेर्पाले आफ्नो ब्याक्तिगत खर्च आफ्नै तर्फबाट गर्ने साथै खर्च बिबरणहरु आवश्यक परेको खण्डमा जिल्ला निर्वाचन कार्यलयमा  पेश गर्ने समेत जानकारी दिनुभएको छ  ।  उम्मेदवार शेर्पाले भन्नुभयो  कुनै आर्थिक सहयोग माग्दिन  मेरो उदेश्य शुन्य लगानीमा निर्वाचनको सामना गर्नु हो र यो भ्रष्टचारमुक्त समाजको निर्माण गर्ने मुल आधार हो ।   आफ्नो व्यक्तिगत  खर्च बाहेक अन्य फजुल खर्च नगर्नेगरि यो निर्वाचनको सामना गर्ने शेर्पाले  बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय