काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०२४ को डिसेम्बर २१ लाई विश्व ध्यान दिवस (World Meditation Day) को रूपमा घोषणा गरेसँगै यस अवसरलाई विशेष रूपमा मनाउन विभिन्न कार्यक्रमहरू आयोजना हुने भएका छन् । सोही सन्दर्भमा ‘जीवनका लागि गीता ज्ञान अभियान (Gita4Life Campaign)’ ले यस वर्ष विश्व ध्यान दिवसलाई थप अर्थपूर्ण बनाउने तयारी गरेको छ ।
यसअघि नोभेम्बर २९, २०२४ मा प्रारम्भिक रूपमा विश्व ध्यान दिवस मनाइएको भए पनि संयुक्त राष्ट्रसंघको औपचारिक मान्यतापछि डिसेम्बर २१ लाई दोस्रो विश्व ध्यान दिवस (2nd World Meditation Day) को रूपमा मनाइने भएको हो । अभियानले यस अवसरमा ध्यान, योग तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

अभियानका अनुसार गीता ज्ञानले मानिसको जीवनमा आत्मबोध, मानसिक शान्ति, संयम र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले विश्व ध्यान दिवससँग गीता शिक्षाको सन्देश फैलाउने उद्देश्य राखिएको छ । नेपालमा पनि योग, ध्यान र आध्यात्मिक संस्कृतिको विकासमा योगदान पुर्याउन यो दिवसलाई विशेष महत्वका साथ मनाइने अभियानका संस्थापक संयोजक डाक्टर हरिचन्द्र कमलीले बताउनुभयो।




