काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई पछिल्लो पटक पक्राउ गर्ने क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै मानव अधिकार आयोगमा निवेदन दर्ता गराएको छ ।
सभापति रवि लामिछानेलाई गत शुक्रबार राति निजी निवास हात्तीगौंडाबाट पक्राउ गर्ने क्रममा प्रहरीले सामान्य कानुनी प्रक्रिया पनि पूरा नगरेको भन्दै रास्वपाले बुधबार मानव अधिकार आयोग ध्यानाकर्षण गराएको हो । प्रहरीले लामिछाने प्रति गरेको व्यवहारको घोर भत्र्सना गर्दछौं,कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भनेका छन् ।








