काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अस्कर अवार्डका लागि नेपालको तर्फबाट सिफारिस तथा एसिया प्यासिफिक स्क्रिन अवार्डमा तीन विधामा मनोनयन भएको फिल्म **‘एलिफेन्ट्स इन द फग : तिनीहरू’**लाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत फिल्मको ग्राफिक्स सेयर गर्दै प्रधानमन्त्री शाहले दर्शकलाई फिल्म हेर्न आग्रह गरेका हुन्। उनले फिल्म हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको उल्लेख गरेका छन्।

अविनाशविक्रम शाह निर्देशित फिल्म यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। फिल्म प्यासिफिक स्क्रिन अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेता विधामा मनोनयनमा परेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय