काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन्।
प्रधानसेनापति सिग्देल २८ भदौदेखि ३ असोजसम्म चीन भ्रमणमा रहने नेपाली सेनाको जंगी अड्डाले जनाएको छ।

भ्रमणका क्रममा उनले चीनको राजधानी बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने छन्।
चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानसेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।



