त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

आज बिहान कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जिप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवै जनाको सनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। जिपमा ११ जना सवार रहेको बताइएको छ।

घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उद्धारका लागि सानीभेरी गाउँपालिकाले खर्च बेहोर्ने गरी नेपाली सेनाको हेलिकप्टर माग गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय