काठमाडौं । भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

नेपाल प्रहरीका अनुसार दिवंगत प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋणसमेत मिनाहा गरिनेछ।

त्यस्तै, मृतक प्रहरी कर्मचारीका छोराछोरीलाई पायक पर्ने नेपाल प्रहरी आवासीय विद्यालयमा आधारभूत तहसम्म निःशुल्क शिक्षा प्रदान गरिने भएको छ।

उच्च शिक्षाका लागि भने उनीहरूलाई नेपाल प्रहरी आवासीय विद्यालय, साँगा, काभ्रेमा निःशुल्क अध्ययनको व्यवस्था गरिने निर्णय गरिएको छ।

बाढी उद्धार तथा खोजी कार्यका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई आर्थिक राहतसँगै शिक्षा तथा ऋण मिनाहाजस्ता सुविधा दिने निर्णयले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय